मेलम्चीको पानीः आसैआसमा बित्यो दिन

काठमाडौं / मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले यसअघि बिच्छाइएका पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट भएको पाइएको र ती ठाउँमा मर्मत गरेर पुनः परीक्षण गरिने उनको भनाइ छ । नयाँ पाइप परीक्षणका क्रममा हुँदा हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाटै पानी वितरण गरिरहेको छ । उपत्यकामा झन्डै सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ ।

पहिलो कम परिमाणमा पानी वितरण हुने गरेकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि पाइपमा समस्या भएको छ । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी बताउँछन् । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानी वितरण दुई वर्षपहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज