काठमाडौँ / राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् । शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपति पौडेलले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पदभार ग्रहण गरेका छन् ।