मन्त्री र उच्च पदस्थ कर्मचारीका अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाउने सरकारको निर्णय

काठमाडौँ / मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमण रोक्ने निर्णय गरेको छ । सरकारले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शर्माले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने र नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको जानकारी दिइन ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज