हाम्रो सामाजिक सक्रियता: सुरेन्द्र ढकाल प्रतिष्ठान तथा थापागाउँ टोल सुधार समितिबीच सहकार्य

काठमाडौं/ थापा गाउँ टोल सुधार समिति, काठमाडौं र सामाजिक अभियन्ता सुरेन्द्र ढकालद्धारा सामाजिक कार्यका लागि स्थापित सुरेन्द्रढकाल प्रतिष्ठानवीच २०७९ सालबाट सहकार्यको शुरुवात भएको छ ।

वि.सं. २०६२ सालमा स्थानीय श्याम थापाको अवधारणाबाट थापागाउँ टोल सुधार समितिको गठन भएको थियो । समितिको प्रथम अध्यक्षको रुपमा चुनिएका श्याम थापाको सक्रियतामा थापा गाउँ टोल सुधार समितिको दुईतले भवन निर्माण कार्य सम्पन्न भइसकेको छ ।

टोल समितिको सक्रियतामा स्थानीय समुदायको हितका सवालमा धेरै सार्वजनिक महत्वका कामहरु छन् । समितिका वर्तमान अध्यक्ष दिपक थापा (सानो) का अनुसार टोलवासीहरुमा आपसी सदभाव कायम गर्ने निरन्तर आवश्यक पहल भइरहेको छ । टोल विकासमा टोलवासीहरुलाई प्रत्यक्षरुपमा संलग्न गराइएको छ ।

अध्यक्ष थापाका अनुसार समितिले आफ्नो परंपरागत सस्कृति जोगाउन आवश्यक काम संचालन गर्दै आइरहेको छ । टोल भित्रका प्राकृतिक प्रकोपमा परेका तथा असाहय विपन्न परिवारहरु पहिचान गरी सहयोग गर्ने बातावरण सिर्जना भएको छ ।
समितिले आफ्नो उदेश्य अनुसार रचनात्मक कार्य गर्ने सामाजिक संघसस्थाहरुसँग ऐक्यवद्धता कायम गर्दै आइरहेको छ । यसैसन्र्दभमा सुरेन्द्र ढकाल प्रतिष्ठानसँग आबद्धता भइ सहकार्यको शुरुवात गरेको अध्यक्ष थापाले बताए । त्यसलाई निरन्तरता दिन प्रतिष्ठानसंग आवध्द भएको छ । प्रतिष्ठानले थापागाउँ टोल सुधार समितिको कार्यालयको प्रयोजनार्थ ९९ हजार तीन सय मूल्य बराबरको फर्निचर, दराज तथा पंखा हस्तान्तरण गरेको छ ।

त्यसैगरी स्थानीय युवाहरुका लागि खेलकुदका गतिविधि सञ्चालन गर्न सहयोग होस भन्ने उदेश्यले ५ हजार बराबरको खेलकुद सामाग्रि पनि सहयोग गरेको प्रतिष्ठानका संस्थापक सुरेन्द्र ढकाले बताए । समिति प्रतिष्ठानसँग आबद्ध भएको कारण प्रतिष्ठानले समितिलाई वार्षिकरुपमा सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज