बिनाकारकेड कुमारी घर पुगेर दर्शन गरे राष्ट्रपति पौडेलले

काठमाडौँ /राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिनाकारकेड काठमाडौंको बसन्तपुरमा रहेको कुमारी घर पुगेर कुमारीको दर्शन गरेका छन् । विगतमा राष्ट्रपतिको सबारीको समयमा पुरै सडक अबरुद्ध बनाएर सवारी चलाइन्थ्यो । नागरिकले यसको व्यापक विरोध गर्दै आएका थिए ।

पौडेलको सवारीको क्रममा सडक खाली गराइएको थिएन । राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधारणको सवारीलाई पनि विना अबरोध चल्न दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज