काठमाडौं/ त्रिभुवन विश्वविद्यालयले चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ । त्रिविले शनिबार एक विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबसँग अपिल गरेको हो।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा विगत १४ वर्षदेखि हुन नसकेको
स्ववियु निर्वाचन सफल बनाउन सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई अपिल गरिएको छ ।
सचिव अधिकारीका अनुसार स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ।
स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिविले प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । स्ववियु निर्वाचनको मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।