आज स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन

काठमाडौं / मुलुकभरका त्रिभुवन विश्वविद्यालयसहितका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ।

स्ववियु निर्वाचनका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ । हरेक दुई दुई बर्षमा स्ववियु निर्वाचन गराउनु पर्ने प्रावधान भएपनि वि.सं. २०६५ सालदेखि स्ववियु चुनाव हुन सकेको थिएन।

देशभरका ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार विद्यार्थी मतदाता छन् । काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांश स्ववियु चयन गर्ने प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी पढ्छन् । साढे ५ सय निजी कलेज छन् । अधिकारीले दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज