काठमाडौँ / क्षमता भन्दा बढी तौल बोकेर उडान भरेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका चालक दलसहित सात जनालाई ग्राउन्डेड गरेको छ ।
सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन एबीटी विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको जनाएको छ ।
प्राधिकरणले निगमलाई स्पष्टीकरण सोध्धै घटनाबारे थप छानबिन गरिने जनाएको छ ।