नेपाली सेनाको संख्या नेपाल सरकारले निर्धारण गर्ने हो: प्रधानसेनापति शर्मा

पोखरा / नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् ।

नेपाली सेना भूपू सम्मेलन– २०७९ को पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने बताए ।

कुनै आइएनजिओ एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले सेनाका बारेमा बोल्ने होइन भन्दै प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झुठा प्रचारबाट टाढा रहन पनि आग्रह गरे।

उनले भने, नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको छ। देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज