काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख पहिलो साता भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमणका समयमा उठाउनुपर्ने एजेन्डाका बारेमा परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग राय मागेको छ ।प्रधानमन्त्री निकटस्थहरुका अनुसार मन्त्रिपरिषद् विस्तारपछि भारतबाट औपचारिक निमन्त्रणा आउँने तयारी छ ।
दाहाल प्रधानमन्त्रीमा चयन भए लगत्तै भारतीय विदेशसचिव विनयमोहन क्वात्राले बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए ।