बेवारिसे अवस्थामा ९ वटा बम फेला

नवलपरासी/  पूर्वी नवलपरासीको सर्दीमा आइतबार दिउँसो बेवारिसे अवस्थामा ९ वटा बम फेला परेको छ ।

विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने तालदेवी सामुदायिक वननजिकै रहेको बारीमा ८१ एमएम मोर्टारका सेलजस्तो देखिने बेवारिसे बम फेला परेको हो । बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले बेवारिसे बम भेटिएकाले इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी टोली खटाइएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज