काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नाराबाजी गरेपछि मंगलबार काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ परेका ३ जना धरौटी नतिरेपछि जेल चलान भएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मालाई जनही ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।
तर उनीहरुले धरौटी नतिरेपछि कारागार पठाइएको छ । प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाएको थियो।