हाम्रो सामाजिक सक्रियता: नयाँमार्ग टोल सुधार समिति तथा सुरेन्द्र ढकाल प्रतिष्ठानबीच सहकार्य

काठमाडौं/ सुरेन्द्र ढकाल प्रतिष्ठान र काठमाण्डौं महनगरपालिका १० मा रहेको नयाँमार्ग टोल सुधार समितिवीच टोलको विकासका लागि सहकार्यको शुरुवात भएको छ ।

सामाजिक विकासका लागि स्थानीय क्लव, समिति लगायतकासँग हातेमालो गर्दै आइरहेको सुरेन्द्र ढकाल प्रतिष्ठानले नयाँमार्ग टोल सुधार समितिलाई टोलको शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस भन्ने उदेश्यले सीसी टिभी जडानका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । जसमा स्थानीय टोलबासीले २० हजार थप गरी कूल १ लाख २० हजारको लागतमा टोलमा सीसी टिभी जडान गर्ने कार्य सम्पन्न भएको छ । प्रतिष्ठानले भविष्यमा पनि समितिसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता गरेको समितिले जनाएको छ ।

टोलमा सीसी टिभी जडान भएपश्चात् टोललाई दुव्यर्शनीहरुको क्रिडास्थल हुनबाट जोगाउन र चोरी चकारी, गुण्डागर्दी जस्ता अन्य त्यस्तै सामाजिक अपराधहरुबाट टोललाई मुक्त गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष मदन सिंह थापाले बताए ।

‘हाम्रो सामाजिक गन्तव्य हाम्रो माग’, भन्ने नारालाई आत्मासाथ गर्दै कामनपा १० मा २०७९ सालमा दर्ता भएको नयाँमार्ग टोल सुधार समितिले टोलको विकासका लागि विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

अध्यक्ष थापाका अनुसार कहिले पनि सामाजिक कार्यको लागि ऐक्यबद्धता हुन नसकेको कुरालाई बोध गर्दै अनि अग्रजहरुबाट सिक्दै यसलाई नयाँ ढंगबाट अगाडि बढाउने सोचका साथ वैधानिक रुपमा समिति गठन गरिएको हो । समितिमा सुभद्रा खत्री केसी उपाध्यक्ष ज्ञानुराजा मानन्धर सचिव, जयराज खत्री सहसचिव र सदस्यहरुमा सुनिल उपाध्यायसहित सुरक्षा सिंह मलहोत्रा, राजेश तिमिल्सिना रहेका छन् ।

वैधानिक रुपमा स्थापना भएको लगत्तैको छोटै अवधिमा यस समितिले विभिन्न मनकारी संस्थाहरु जस्तै बीबी फाउण्डेसन, बीएमएस नेपालबाट सहयोग प्राप्त गर्न सुरु गरेको समितिका अध्यक्ष थापाले जानकारि दिए । उनका अनुसार बानेश्वरमा कार्यरत अन्य सामाजिक संस्था जस्तो बानेश्वर एकता समाज, थापा गाउँ टोल विकास समिति, छक्कुबक्कु उपभोक्ता समिति, पंचकुमारी विकास समिति, बोगटी मार्ग, कान्ति गल्ली र ओखरबोट मार्गसँग काँधमा काँध मिलाएर सहकार्य सुरु गरेको छ ।

भविष्यमा यस्ता संस्थाहरु सबै एकै छाता संगठनभित्र रही कार्य गर्ने योजना र सोचलाई समितिले अगाडि बढाएको छ ।
नयाँमार्ग टोल सुधार समिति यस टोललाई नमुनाको टोल बनाउने उद्देश्यसहित अगाडि बढ्ने क्रममा आगामी दिनहरुमा झनै सशक्त ढंगले नयाँ नयाँ सामाजिक विकासको कार्यक्रमहरुसहित अघि बढ्ने अध्यक्ष थापाले प्रतिबद्धता जाहेर गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज