कोभिडको संक्रमणदर बढ्यो, एकैदिन १२४ जनामा संक्रमित

काठमाडौँ / विगत केहि दिन यता मुलुकभित्र कोभिड संक्रमण दर बढ्न थालेको छ । २४ घण्टाको अन्तरालमा मुलुक भित्र १२४ जनामा व्यक्ति कोभिड संक्रमित बनेका छन् । यो पछिल्लो समयमा देखिएको सबैभन्दा धेरै संक्रमणदर हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । मन्त्रालयले कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज