बालिका बलात्कारमा व्यवसायी सुशील चटौत दोषी ठहर १८ वर्ष कैद सजाय

काठमाडौं / आफैनै संरक्षण रहेकी बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा दोषी ठहर भएपछि व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद गरिएको छ।

जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको एकल इजलासले उनलाई १८ वर्ष एक महिना कैद सजाय र पीडितलाई पीडक चटौतबाट ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसलामा भएको हो।

मुलुकी अपराध संहितामा १० वर्षभन्दा माथि तर १४ वर्ष भन्दा कम उमेरकी नाबालिगमाथि बालत्कार गर्नेलाई १९ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै सोही संहितामा कसैले आफ्नो संरक्षणमा रहेको व्यक्तिसँग करणी गरेमा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । अदालतका प्रवक्ता राजेन्द्र लुइँटेलका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले बालिका बलात्कारमा अधिकतम २० वर्ष कैद र आफ्नै संरक्षणमा रहेकी नाबालिगसँगको करणीबापत थप तीन वर्षसम्म कैद सजाय हुनुपर्ने माग राखेर गत वैशाख ११ मा मुद्दा दर्ता गराएको थियो ।

कन्चनपुर र ललितपुरको इमाडोलस्थित ग्रिनहिल सिटीको घर नम्बर ४८ मा बस्ने चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै गएको वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

कञ्चनपुरका व्यवसायी चटौत कालंगा हाइड्रोपावर, ट्रान्सपोर्ट, कन्स्ट्रक्सन, होटल लगायतका व्यवसाय सञ्चालनमा सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज