सिन्धुलीमा कार दुर्घटना, चार भारतीयको मृत्यु

सिन्धुली/ सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङमा बुधबार बिहान कार दुर्घटनामा हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

पूर्वबाट काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारकाक्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कारमा पाँच जना सवार रहेको र घाइते एक जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताइएको छ । मृतक र घाइते भारतीयको पहिचान भएको छैन । घटना पछि प्रहरी र स्थानीयले उद्धारको काम गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज