काठमाडौँ / छातीको संक्रमण कम नभएपछि मंगलबार शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने भएको छ । छातीको संक्रमण कम नभएपछि पौडेलको उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए ।
चिकित्सकको सुझाव पछि परिवारले बुधबार राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी गरेको एक आफन्तले बताए ।
राष्ट्रपति पौडेलले सोमबारमात्रै फलोअपका लागि अस्पताल गएका थिए । मंगलबार फेरि छातीमा समस्या आएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।