काठमाडौँ / कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । भने १ सय ७१ जना संक्रमित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना संक्रमितकाृ उपचार भइरहेको छ ।