काठमाडौँ / यस वर्षको बसुन्धराश्री पुरस्कारबाट डा. सन्दुक रुइत र मानश्री पुरस्कारबाट बैज्ञानिक महावीर पुनलाई सम्मान गर्ने भएको छ ।
बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विज्ञप्ति निकालेर यसबारे जानकारी गराएको हो । विज्ञप्ति अनुसार नेपाली समाजलाई स्वस्थ्य, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गर्ने डा. रुइतको तीलगंगा आँखा अस्पतालको सेवाकारी अभियान तथा आँखा उपचारका माध्यमबाट नेपाल–नेपालीको पहिचान विस्तार गराउन सकेकोमा बसुन्धराश्री प्रदान गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी, ज्ञान–विज्ञान र अनुसन्धानको माध्यमबाट नेपाल–नेपालीको पहिचान बढाउने राष्टिय आविष्कार केन्द्रका महावीर पुनलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
दुवै पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको र यी पुरस्कार असोज दोस्रो साता प्रदान गरिने बताइएको छ ।