विशाल नेपाल महाअभियान गठन


काठमाडौं/ विशाल नेपाल प्रति प्रतिवद्ध विभिन्न २९ राष्ट्रवादी संस्था तथा व्यक्तित्वको सहभागितामा २१ सदस्यीय विशाल नेपाल महाअभियान गठन भएको छ ।

शनिवार राजधानी काठमाडौंमा एक कार्यक्रमका बिच विशाल नेपालका प्रथम अभियन्ता सुरेन्द्र ढकालको संयोजकत्वमा उक्त महाअभियान गठन गरिएको हो । महाअभियानका सदस्यहरूमा रामशरण पाण्डे, नवराज शर्मा, नवल खड्का, कृष्ण राना, विवेक वाइवा, ऋषिकेशजङ्ग शाह, तेजेन्द्र प्रसाईँ, सिद्दी महर्जन, उपेन्द्र काफ्ले, घनश्याम मिश्र, प्रदीप कुमार प्रसाईँ, डा। डेभिड थापा, कमल सापकोटा, कविता आचार्य, चाँदनी ऐर, गौरव जोशी, गोविन्द श्रेष्ठ, बलराम सुवेदी, केदार गिरी, प्रेम प्रसाद अम्गाई, चन्द्र बहादुर दर्जी र मदन बास्तोला रहेका छन् । विशाल नेपाल प्रति प्रतिवद्ध अन्य संस्था तथा ब्यक्तिहरूलाई पनि क्रमश यो महाअभियानमा आबद्ध गर्दै लगिने संयोजक ढकालले बताए ।

ढकालका अनुसार त्यस्ता व्यक्ति तथा संस्थाहरूलाई आगामी बैठकहरूमा आमन्त्रण गरी महाअभियानमा स्वेच्छाले संलग्न गराइने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज