काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् । उनले दशजगा मिचेर भारतले प्रहरी पोस्ट सञ्चालन गरेको र सीमाका नेपालीमाथि बेलाबेलामा भारतीय सुरक्षाकर्मीबाट थिचोमिचोपूर्ण व्यवहार भएको बताएका छन् ।
पशुपतिनगरस्थित सीमा क्षेत्र बुधबार निरीक्षण गरेपछि पत्रकारसँग कुरा गर्दै ओलीले भारतीय व्यवहारले नेपालीलाई हेपिएको अनुभूति भएको बताएका हुन् ।
‘भारतजस्तो विशाल छिमेकी मित्रराष्ट्रले विशाल छात्ती गर्नुपर्ने, त्यो नभए पनि मित्रवत् तथ्यपूर्ण र न्यायपूर्ण व्यवहार गर्नुपर्नेमा हेपाहा प्रवृत्ति गरेको देखियो,’ ओलीले भने, ‘म भारत सरकारसँग कुरा गर्छु ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् । मैले हेरेर गएपछि भारत सरकारले यो त्रुटि सच्याउनेछ भन्ने विश्वास छ। अविलम्ब सच्याउन भारत सरकारसँग आग्रह गर्छु ।’
ओलीले भारतले ठूलो देश भएकै कारण सीमा विवादको कुरा नसुुन्ने भन्ने नहुने बताए । ‘सानोतिनो अर्घेल्याइँ गरेर भारतले कुनै ठूलो लाभ पनि प्राप्त गर्ने होइन। यो व्यवहारले नेपाललाई हेपिएको अनूूभूति हुन्छ,’ ओलीले भने, ‘हेपिएको महसुुस हुँदा कसैलाई राम्रो लाग्दैन। भारतले सुन्छ होला । यस सम्बन्धमा निष्कर्ष निकाल्ने गरी कुरा गर्छौं ।’