काठमाडौँ / माओवादी सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई सरकारको रकम उपलब्ध गराउने निर्णय गरेको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले विरोध काठमाण्डौमा विरोध प्रर्दशन गरेको छ ।
प्रदर्शनलाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष क्षितिज थेवेले माओवादी केन्द्रले नीतिगत भ्रष्टाचार गर्दै सत्ताको आडमा अर्बौं रुपैयाँ अयोग्य लडाकुको नाममाजम्मा गर्न खोजेको बताए ।
उनले भने शान्ति प्रक्रिया सुरु भएको १८ वर्षपछि अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ बाँढ्ने काम भ्रष्टाचार हो, घोटाला हो । यस्तो कार्यको हामी निन्दा र विरोध गर्दछौं । अयोग्य लडाकुलाई रकम दिने कार्यविधि फिर्ता नहुन्जेल यो आन्दोलन जारी रहने उनले बताए ।
शुक्रबारमात्रै युवा संघले अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर अयोग्य लडाकुको नाममा दिन लागेको रकमको विरोध गर्दै यसलाई कार्यन्वयनमा नल्याउन विरोध पत्र बुझाएको थियो । माओवादीका ४ हजार ८ लडाकुलाई प्रतिव्यक्ति २ लाखका दरले करिब ८० करोड बाँड्ने तयारी गरेको छ ।