टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र रामबहादुर थापाका छोरा प्रतीक थापाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ /नेकपा एमालेका सचिव तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप र पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध नेपाल प्रहरीले बुधबार पक्राउ पुर्जी जारी भएको जारी गरेको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उनीहरुविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

यो प्रकरणमा नेपाल प्रहरीले बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ गरेको छ। उनी गृह मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँग रकम लेनदेनमा विषयमा पाण्डेको समेत संलग्नता रहेको बताइएको छ । तत्कालीन गृहसचिव पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाएको प्रहरीले जनाएको छ । यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत पक्राउ परेका छन् । प्रहरीले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको थियो ।

यसैवीच नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज