सचिव पाण्डेलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ / काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि तीन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि आफूपनि पक्राउ पर्ने डरले सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।

बुधबार काठमाडौं प्रहरी परिसरले उनलाई भक्तपुरको जडिबुटीबाट पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज