हाम्रो सामाजिक सक्रियता: सुरेन्द्र ढकाल फाउण्डेसन र निता फाउण्डेसनबीच सहकार्य

काठमाडौं/ सुरेन्द्र ढकाल फाउण्डेसन र निता फाउण्डेसनबीच सहकार्यको शुभारम्भ भएको छ । युवा, अनाथ, बेचबिखन र लतको सिकार भइरहेकाहरुका सबालमा काम गर्ने उदेश्यका साथ स्थापना भएको यो संस्थालाई फाउण्डेसनले ६९ हजार बराबरको लत्ताकपडा तथा कम्बल सहयोग गरेको छ ।

निता फाउण्डेसन महिला पुनस्र्थापन केन्द्र २०७१ असोज महिनादेखि एक स्वतन्त्र गैरसरकारी संस्थाको रुपमा कार्य गर्दे आइरहेको बताइएको छ । यो संस्थाले विभिन्न ५ जिल्लामा लागुऔषध प्रयोगकर्ता महिला र पुरुष दुवैको जीवन सुधार्ने उदेश्यका साथ विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।

सुरेन्द्र ढकाल फाउण्डेसनबाट प्राप्त सहयोगले भविष्यमा यो संस्थालाई सडक बालबालिका, वृद्ध महिलाहरुका लागि पनि पुनर्जीवन दिने खालको अन्य कार्यक्रमहरु सञ्चालन गर्न थप सहयोग पुग्ने संस्थाले जनाएको छ ।

निता फाउण्डेसनले ज्क्ष्ख्रब्क्ष्म्क् को जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको छ । काठमाडांै जिल्ला साँखुमा २०१९ सालदेखि महिलाहरुका लागि काम गर्न उदेश्यका साथा स्थापना भएको यो संस्था विविध काराणले बन्द हुन पुगेको थियो । अहिले यो संस्था पुनः संचालनमा ल्याइएको हो । कुलतमा फसेका सयौं महिलाहरुलाई पुनस्र्थापना गरी पुनर्जीवन दिन यसले मद्दत गरिरहेको छ । हाल यस संस्थामा ४० देखि ५० दुब्र्यसनी महिलाहरुले सुधारात्मक उपचार पाइरहेका छन् । संस्थामा रहेका १२ जना कर्मचारीहरु कार्यरत रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज