भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाइँको सुरूवात भयोः प्रधानमन्त्री दाहाल

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाइँको सुरूवात भएको बताउँदै त्यसका निम्ति आफूलाई सबैको साथ चाहिएको बताएका छन्। काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि शुरुभएको नयाँ लडाइँमा जनयुद्धको जस्तै साथ आवश्यक भएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रूप लिएको बताउँदै जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न नपाउने बताए । उनले भने त्यसैले हामी समृद्धि ल्याउन भ्रष्टाचार नियन्त्रणका लागि जुटेका छौं, यो अभियानमा तपाईंहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईंहरूसँग अपिल गर्न चाहन्छु।’

जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने बताउँदै प्रधानमन्त्री दाहाले यसका लागि नागरिकहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज