काठमाडौँ/ विद्यालयको शैक्षिक गतिविधि सुधारका लागि विजय मेमोरियल उच्च माध्यामिक विद्यालय तथा सुरेन्द्र ढकाल प्रतिष्ठान बीच सहकार्यको थालनी भएको छ ।
प्रतिष्ठानले विजय स्मारक श्वेत सरस्वती अक्षयकोषमा १ लाख ५ हजार प्रदान गरेको छ । यो अक्षय कोषबाट विद्यालयमा अध्ययनरत सुविधा विहिन तथा विपन्न समुदायका बालबालिकाको परीक्षा शुल्क, विद्यालय पोशाक, स्कुल ब्याग, जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्रीहरू सहयोग गर्ने गरिएको छ । विद्यालयमा अध्ययनरत ७ सय ६ विद्यार्थीहरू मध्ये अधिकांश विद्यार्थीहरू विपन्न समुदायका रहेकोले उनीहरूको मनोबल उच्च राख्दै उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले यो कोष स्थापना गरेको थियो । सोही कारण विद्यालयले विजय स्मारक श्वेत सरस्वती अक्षयकोष खडा गरी त्यसको ब्याजबाट यस्ता छात्रछात्राहरूलाई सहयोग गर्ने नीति लिई त्यसको कार्यान्वयनमा सकारात्मक ढंगबाट अघि बढेकै कारण सो कोषमा ९७ जना दाताहरूले रकम प्रदान गरिदिएको कारण त्यस कोषको खातामा ९ लाख ५ हजार जम्मा हुन पुगेको छ ।
यसै बीच सुरेन्द्र ढकाल फाउण्डेसनले उक्त कोषमा वार्षिक सहयोग रकम स्वरुप गर्न शुरु गरेको छ । प्रतिष्ठान र विद्यालय बीच शुरु भएको यस किसिमको सहकार्यले प्रत्यक्षरूपमा सुविधा विहीन छात्रछात्रालाई फाइदा पुग्न गई आर्थिक अभावकै कारण उनीहरूलाई विद्यालय छोडनु नपर्ने र उनीहरूको सिकाइमा सकारात्मक प्रभाव पर्ने अनुमान गर्न सकिन्छ । प्रतिष्ठानको यस किसिमको सहयोगलाई विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले ठूलो महत्व दिँदै प्रतिष्ठान प्रति विद्यालय सदैव कृतज्ञ रहने र प्राप्त सहयोगको उचित प्रयोग गर्ने प्रतिवद्घता जाहेर गर्दछ ।
विजय मेमोरियल उच्च माध्यामिक विद्यालय
१. विद्यालयको परिचयः
राणाकालीन अन्तिम तथा प्रजातन्त्रको आवागमन पश्चात् प्रथम प्रधानमन्त्रीको रूपमा परिचित स्व.मोहन शमशेरका छोरा तथा वर्तमान राजनीति फाँटका परिचित व्यक्तित्व राष्ट्रिय प्रजातन्त्र पाटीका वरिष्ठ नेता पशुपति शमशेर जवराका पिता स्व. विजय शमशेर राणाले विद्यालय सञ्चालनार्थ आवश्यक जमिन उपलब्ध गराएकोले उनकै सम्झनामा यो विद्यालयको नाम विजय स्मारक रहन गएको हो । यो विद्यालयको स्थापना विद्यालयको अभिलेख अनुसार वि. स. २०१२ फाल्गुन ४ मा भएको पाइयो । तसर्थ यो विद्यालय नेपालका पुराना शैक्षिक संस्थाहरू मध्येको एक विद्यालयको रूपमा पर्छ ।
नेपालको शैक्षिक इतिहासको पृष्ठभूमि तयार पार्ने काम उपत्यका भित्रका तत्कालीन अवस्थामा खुलेका केही विद्यालयहरूले गरेका थिए । विद्यालयको पहिलो दशक यसलाई माध्यमिक विद्यालयमा स्तरोन्नती गर्न मात्रै खर्च गरेको देखिन्छ । पहिलो दशकको उत्तरार्ध अर्थात् वि.सं.२०१९ सालमा माध्यमिक स्तरको स्वीकृति प्राप्त गरी वि.सं. २०२१ सालको परीक्षामा प्रथम पटक यस विद्यालयले आफ्ना विद्यार्थीहरूलाई क्ीऋ परीक्षामा समेत सामेल गराएको थियो ।
विद्यालयले आफ्नो पहिलो, दोस्रो, तेस्रो र चौथो दशकमा उत्पादन गरेका तत्कालीन विद्यार्थीहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा समेत होनाहार र लब्ध प्रतिष्ठित व्यक्तित्वका रूपमा आसिन भएको पाइन्छ । छैंटौ दशकमा माध्यमिक विद्यालयहरू उच्च माध्यमिक तहको शिक्षा प्रदान गर्न सफल हुनु पर्दछ भनी राज्यले बनाएको अवधारणा र मान्यतालाई आत्मसात गरी यस विद्यालयले तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी, भक्तपुरबाट मिति २०६०।०३।१९ गतेको निर्णय अनुसार उच्च माध्यमिक तह (कक्षा ११ र १२) का कक्षाहरू शैक्षिक सत्र २०६०÷०६१ देखि सुचारू गर्ने अनुमति प्रदान भए पश्चात् निरन्तर रूपमाा कक्षा ११ र १२ तर्फ व्यवस्थापन र मानविकी संकायका कक्षा संचालन गर्ने गरी स्वीकृति प्राप्त ग¥यो र त्यसै गरी वि.स.२०६१ सालमा शिक्षा शास्त्र संकायका कक्षाहरू पनि संचालन हुदैं आएको छ ।
विद्यालय रहेको समुदायको बनोट
यस विद्यालयको समुदायमा विभिन्न जिल्लाहरूबाट जीविकोपार्जन गर्ने क्रममा बसाई सराई गरी आएका विभिन्न जातजाती, भाषा, धर्म, संस्कृतिका मानिसहरू र स्थानीय समुदाय (नेवार, ब्राह्मण, क्षेत्री आदि) बसोबास गर्दैं आएको पाइन्छ । यस विद्यालयले आर्थिक अवस्था कमजोर भएका वा पछि परेका समुदायका बालबालिकाहरूको सेवा गर्दै
आएको छ । कमजोर आर्थिक अवस्था भएका, प्रायः डेरा गरी बस्ने आदि अभिभावकका नानीहरूलाई मुख्यत यस विद्यालयले सेवा गर्दै आएको छ ।
विद्यालयको सेवा क्षेत्र
यस विद्यालयले सेवा पु¥याउदैं आएको सेवा क्षेत्र मुख्य का.म.पा. वडा नं. १, २, १०, २९,र ३० पर्दछन् । यस वाहेक अन्य वडा र देशका विभिन्न जिल्लाबाट पनि यस विद्यालय पढ्न आउने विद्यार्थीहरू प्रशस्त छन् ।
विद्यालयमा सञ्चालित कार्यक्रम
यस विजय स्मारक माध्यमिक विद्यालयमा हाल प्रारम्भिक बालशिक्षा देखि कक्षा १२ सम्म औपचारिक शिक्षाक कार्यक्रमहरू सञ्चालित छन् । जस अन्तर्गत कक्षा ११, १२ मा शिक्षा, मानविकी र व्यवस्थापन संकायका विषयहरू अध्ययन तथा अध्यापन गराइन्छ । विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा समिति निर्माण गरी वार्षिक कार्यक्रम समावेश गरी तयार गरिएको शैक्षिक भित्तेपात्रो मार्फत कार्यक्रमहरू कार्यान्वयन गरिएको छ ।
विद्यार्थी तथा शिक्षक संख्या
विद्यालयमा हाल वालविकाश कक्षा देखि लिएर १२ कक्षा सम्म गरी विद्यालर्थाीको कुल संख्या ७०६ रहेको छ । जस्मध्ये सबैभन्दा कमःकक्षा २ मा ३० जना र सबैभन्दा वढी कक्षा ११ मा १०७ जना रहेका छन् । अन्य कक्षाहरुमा ३० देखी ९० को संख्यामा विद्यार्थीहरु पर्न आउछन् । त्यसै गरी शिक्षक शिक्षिकाको दरवन्दी संख्या ३९ रहेको छ जस्मध्ये शिक्षकको संख्या २२ र शिक्षिकाको संख्या १७ रहेको छ । तर आधारभूत कक्षामा ७ शिक्षक पद रिक्त रहेको कारण विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाको संख्या जम्मा ३२ रहेको छ । ३९ जनाको कुल दरवन्दी कध्ये प्रारंभिक वालविकाश तहमा २, अधारभुत तह कक्षा १ देखि ८ सम्ममा २६ जना, माध्यामिक तहमा ९ जना र उच्च माध्यामिक तहमा २ जना रहेका छन् ।