डोटीमा गाडी दुर्घटना ४ को मृत्यु

काठमाडौं । धनगढीबाट बाजुरा जाँदै गरेको गाडी डोटीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आइतबार बिहान साढे २ बजे ग २ च म २७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका ६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गाडी अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खसेको थियो । दुर्घटनामा परी मृत्युहुनेहरुमा बाजुराको हिमाली गाउँपालिका ५ की २२ वर्षीया राधिका मल्ल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मल्लकी ८ महिनाकी छोरी प्रार्थना मल्ल रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज