रौतहटको मौलापुरकी मेयर रीना साहको पद पुनर्बहाली

काठमाडौँ । रौटहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै साहको पद पुनर्बहाली भएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहको पद रिक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा एमालेबाट प्रमुख जितेकी साहले पार्टी छाडेपछि उनीमाथि कारबाही भएको थियो । निर्वाचन आयोगले एमालेको कारबाहीअनुसार साहलाई पदमुक्त गरेको थियो । सो निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएकी थिइन् ।

एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो । साहले दलत्याग गरेको नदेखिएको र अर्को दलको सदस्यता लिएको आधिकारिक आधार प्रमाण पेस नभएको सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज