पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको गाडी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । बोलेरो जिपमा सबार सबै ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटना भएको थियो । जिप अत्यधिक स्पीडमा रहेका कारण मोडमा घुम्न नसकेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमै ३ महिलासहित ६ जनाको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर,कमला वानटकी र बुलिङटार गाउपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् । मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको र कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरे दूर्घटनामा मृत्यु भएको हो ।
बौदीकालीको माँझडाँडाबाट सुन्तलासहित स्थानीयहरु उक्त गाडीमा चढेको बताइएको छ ।