काठमाडौँ । हमासले बन्धक बनाएकामध्ये नेपाली नागरिक कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ। अक्टोबर ७ मा हमासले इजरायली भुमिमा आक्रमण गरि केही नागरिकलाई बन्धक बनाएको थियो ।
इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स ९आईडीएफ० का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको हो । दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएकोसमेत बताएको छ । उनी अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको पनि दूतावासले जनाएको छ ।