चर्चामा धाप ड्याम

वर्षादको समयमा पानी संकलन गरि बागमतीमा पानी पठाएर पानीको बहाब नियमित गर्ने उदेश्यका साथ सन २०१७ बाट गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको निर्माण थालिएको थियो । एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा रु ४१ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको छ । विशेषगरि यो ड्यामबाट सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गइ दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरुका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको छ ।

पछिल्लो समय पर्यटकिय हिसावले समेत यो ड्याम चर्चामा छ । काठमाडौंबाट नजिकै रहेकोले अहिले धेरै नेपालीहरु यहाँ घुम्न आउने गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज