प्रतिनिधिसभामा उपसभामुख चयनका लागि शनिवार दिउँसो १ बजेबाट बैठक शुरू भएको थियो। सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसले मुक्ताकुमारी यादव उपसभामुख उम्मेदवार बनेका थिए।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर उपसभामुखमा विजयी भएकी छन् ।