टुँडिखेलमा ल्होसारको रौनक

तामाङ समुदाय र ह्योल्मो समुदायले आज माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार टुँडिखेलमा धुमधामका साथ मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु भएकोछ भने बिरालो वर्ष प्रवेश गरेकोछ । ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो। यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको हुन्छ र बाह्र बर्षको चक्र बनाइन्छ । उनले भने, ‘‘बाह्र ल्हो मध्ये प्रत्येक बर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (बर्ष) सँग खाम (पाँच तत्व) हरू — आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् । तामाङहरुले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज