रुपन्देहीमा प्रत्यक्ष र समानुपातिक गरी १ लाख बढी मत बदर

भैरहवा/ रुपन्देहीमा बदर मत अत्यधिक देखिएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १ लाख २ हजार ९३७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ६ लाख ३८ हजार ९९२ मतदाता रहेकामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्रमा गरी खसेको ४ लाख ३१ हजार ९७४ मतमध्ये २४ हजार ५२१ मत बदर भएको छ । यो कुल खसेको मतको ५.६८ प्रतिशत हो ।

यस्तै, समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको ४ लाख ३४ हजार ५६४ मतमा २३ हजार ७४३ मत बदर पाइएको छ । यो कुल खसेको मतको ५.४६ प्रतिशत हो । प्रदेशसभा प्रत्यक्षतर्फ खसेको ४ लाख ३१ हजार १७ मतमा २१ हजार हजार ५२४ मत बदर भेटिएको छ । जुन ४.९९ प्रतिशत हो । प्रदेशसभा समानुपातिकतर्फ ४ लाख ३० हजार ८५७ मत खसेकामा ३३ हजार १४९ मत बदर पाइएको छ । यो ७.६९ प्रतिशत हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी क्षेत्र नम्बर ४ र सबैभन्दा कम क्षेत्र नम्बर २ मा मत बदर भएको छ । यस्तै, प्रदेशसभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर ४(२) मा सबैभन्दा बढी र २(१) मा कम मत बदर भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ सबैभन्दा धेरै क्षेत्र नम्बर १ र थोरै क्षेत्र नम्बर २ मा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा धेरै र क्षेत्र नं. ४ मा कम मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज