स्याङ्जा र बाजुरामा मतगणना सुरू गर्न आयोगको निर्देशन

काठमाडौं/ विवादका कारण मतगणना रोएिका स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगको आज बुधबार बसेको बैठकले स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको हो।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतदान भए पनि दलहरुवीच विवाद सिर्जना भएपछि यी क्षेत्रमा मतगणना हुन सकेको थिएन।

स्याङ्जा २ मा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुनः मतदानको माग गर्दै आएको थियो भने बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज