स्याङ्जा /स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन् ।
नेकपा एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै अर्याल निर्वाचित भएका हुन् । अर्यालले १५ हजार १६१ मत ल्याउँदा रेग्मीले १२ हजार ४३१ मत ल्याएका छन् ।
बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।