आज सत्तागठबन्धनको बैठक बस्दै, पावर सेयरिङबारे प्याकेजमा छलफल हुने

काठमाडौं/ प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे छलफलका लागि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पदको पावर सेयरिङबारे प्याकेजमा छलफल हुने बताइएको छ ।

बैठक अपराह्न ३ बजेका लागि तय भएको बताइएको छ । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले चुनावी समीक्षाका साथै आगामी रणनीतिबारे बैठकमा छलफल गरिने बताए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज