समानुपातिकर्फको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?

काठमाडौं / मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज (मंगलबार) सकिने भएको छ ।

मंगलबार बिहानसम्म १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना सकिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) २८ लाख १४ हजार ६५५ मतसहित अग्रस्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रसको २६ लाख ८८ हजार २१८ मत रहेको छ भने तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ७७८ मतसहित चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । त्यसैगरी जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । एकीकृत समाजवादीलाई ३ प्रतिशतको थ्रेसहोल पार गर्न करिव असम्भव देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज