समानुपातिक उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डौं/ एमालेले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउन शुक्रबार केन्द्रीय सचिवालय बैठक बस्दै छ।
आयोगले बिहीबार तीन दिनभित्र संघ र प्रदेशमा निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावलीमाथि सुझाब पठाउन पत्राचार गरेको थियो । आयोगको यो पत्रपछ सांसदहरूको नाम टुंग्याउन एमालेले बैठक बोलाएको हो ।

समानुपातिकतर्फ पहिलो लोकप्रिय मत पाएको एमालेले संघमा ३४ जना सांसद निर्वाचित गराउनेछ । त्यस्तै, एमालेले सातमध्ये ६ प्रदेशमा पहिलो लोकिप्रय मत पाएको छ । समानुपातिकतर्फका सांसदहरूको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक बोलाइएको हो । यसबाहेक अरू एजेन्डा छैनन् ।

केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले आयोगको पत्र प्राप्त भएकाले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नाममाथि छलफलका लागि बैठक बोलाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज