काठमाडौं/ नागरिक उन्मुक्ति पार्टीको शुक्रबार काठमाडौंमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने बताएको छ । त्यसका लागि पर्टीले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गर्नु पर्ने बटमलाइन राखेको छ ।
पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।
पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।