काठमाडौं / नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ। समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको हो।
माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार मधेशी कोटामा मीना यादव, अमरावती देवी यादव, मुस्लिम महिलामा कल्पना मियाँ, आदिवासी जनजाति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ, खस आर्य पुरुषमा हितराज पाण्डे, महिलामा ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, थारु महिलातर्फ रुपासोसी चौधरी, दलितमा रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी रहेका छन् ।