निर्वाचन आचारसंहिता मंसिर २६ गते देखि खारेजी हुने

काठमाडौं/ मंसिर ४ मा सम्पनन निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता मंसिर २६ गतेदेखि खारेजी हुने भएको छ ।

आयोगका अनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज