राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीमा दावी पेस गर्न आह्वान

काठमाडौं/ निर्वाचनको अन्तिम नतिजा सहितको प्रतिवेदन पाएको केहि दिन पछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दावी पेस गर्न आह्वान गरेको छ । राष्ट्रपति कार्यालयघारा जारि गरिएको विज्ञप्ति अनुसार संविधानको धारा ७६ ९२० बमोजिम सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश गर्न भनिएको छ ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा २ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दावी पेश गर्न कार्यालयले आव्हान गरेको हो ।

यसका पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज