काठमाडौँ /नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले चयन गरेको हो ।
कार्यालय सचिव गंगालाल तुलाधरका अनुसार एकीकृत समाजवादीको संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे छानिएका छन् । संसदीय दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चुनिएका छन् ।
अध्यक्ष नेपाल र बरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरूले निर्वाचित सांसदहरूलाई माला लगाएर बधाइ दिएका थिए ।