संसदीय दलको नेता चयन गर्न कांग्रेसले निर्वाचनको कार्यक्रम सार्वजनिक गर्‍यो

काठमाडौँ /नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न आगामी पुस ६ गते निर्वाचनको मिति तोकेको छ । सोमबार कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार पुस ४ गते मतदाता नामावली प्रकाशन गरिने छ। पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम राखिएको छ भने पुस ५ गते बिहान १०स्३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ । पुुुस ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम राखिएको छ । मतदानका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज