एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौँ / नेकपा एमालेको मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। ओलीलाई दलको नेतामा निर्वाचित गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समर्थन गरेका थिए ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटमा जित हात पारेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज