राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन सर्वसम्मत

काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन भएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

मंसिर ४ गते भएको निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ सिट गरी १४ सिट जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज