कांग्रेस संसदीय दलको नेतामा देउवा चयन

काठमाडौं/नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवा चयन भएका छन् । संसदीय दलको नेता चयनका लागि केही समय अघि गरिएको मतदानमा उनले ६४ मत प्राप्त गरेका छन् ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा ८९ मत नै खसेको निर्वाचन समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिएका थिए । खसेको ८९ मत मध्ये संसदीय दलको नेताका लागि लडेका महामन्त्री गगन थापाले भने २५ मत प्राप्त गरेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको परिसरमा बिहान ८:४५ बजेदेखि १० बजेसम्म मतदान भएको थियो। सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज