माओवादी केन्द्रको संसदीय दलको नेतामा दाहाल सर्वसम्मत चयन

काठमाडौँ /नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् ।सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो ।

केन्द्रको प्रमुख सचेतकमा हितराज पाण्डे, राष्ट्रिय सभा दल नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज